कठमाडौं । नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिकित्ता एक हजार दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।
बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधरण र एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा छुट्याइएका १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् छ करोड रुपैयाँ बराबरका ६० हजार कित्ता सामूहिक कोषका लागिसमेत समावेश गरिएको छ ।
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम् १२ लाख कित्तासम्म लगानी गर्न सकिने सातवर्षे ऋणपत्रमा लगानीकर्ताले नौ प्रतिशत ब्याजदर पाउने नबिलले जनाएको छ । ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच