आस्क नेपाललाई पञ्चासे संरक्षण पुरस्कार

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा। आपसी सहयोग केन्द्र स्याङ्जा (आस्क) लाई पञ्चासे संरक्षण पुरस्कार प्रदान गरिएको छ । बालाचतुर्दशी मेलाको अवसर पारेर पञ्चासे टाँकुरामा आयोजना भएको एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।

धार्मिक, ऐतिहासिक तथा जैविक विविधताले भरिपूर्ण पर्यटकीय क्षेत्र पञ्चासेको संरक्षण र विकासमा प्रत्यक्ष रुपमा योगदान पुर्याएको भन्दै माछापुच्छ्रे बिकास संघ कास्कीले आपसी सहयोग केन्द्र स्याङ्जा नेपाललाई २५ हजार रुपैँया नगद पुरस्कार सहितको पाचौँ पञ्चासे संरक्षण पुरस्कार प्रदान गरेको छ । पुरस्कार आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्मालाई हस्तान्तरण गरिएको हो ।

वितरण समारोहमा बोल्दै गण्डकी प्रदेश सांसद तथा सार्वजनिक लेखा समिति संयोजक सुधिर कुमार पौडेलले पञ्चासेको जैविक विविधता र पर्यटकीय महत्वलाई बुझेर यसको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, युएसएआईडी जलजंगल पोखरा टिम प्रमुख मान बहादुर विक लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?