खोटाङ । नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जीवन उपयोगी शिक्षा सिकाई रहेको खोटाङको पूर्ण आवासीय विद्यालयका बालबालिकासँग भेटघाट गर्नुभएको छ ।
शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित जनजागृति माध्यमिक विधालयका बालबालिकासँग बुधबार बिहान विद्यालयमै पुगेर ओलीले भेटघाट गर्नुभएको हो ।
नेकपा एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा’क्रममा मंगलबार साँझ दिक्तेल आईपुग्नु भएका ओलीले आज बिहान विधार्थी बालबालिकासँग भेटघाट गर्नुभएको हो ।
अध्यक्ष ओलीले विद्यार्थी बालबालिकासँग हात मिलाउँदै फोटो खिचाउनु भएको थियो। अध्यक्ष ओलीलाई विद्यालयका विधार्थीहरुले फुलका गुच्छाले स्वागत गरेका थिए ।
अध्यष ओलीलाई विद्यालयका प्रधानाध्यापक पदम राईले विद्यालयको अवधारणा पत्र बुझाउनु भएको छ ।
फाउण्डेसनका प्रबन्ध निर्देशक सुर्य राईले मायाको चिनो स्वरुप स्थानीय स्तरमा उत्पादित कठुवा र विद्यालय परिसरको फोटो प्रदान गर्नुभएको छ ।
ओली विद्यार्थी बालबालिकासँग भेटघाट गरेर मध्यपहाडी (पुष्पलाल) लोकमार्ग हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका जनतासँग भेटघाट र विकास अवलोकनमा जानु भएको छ ।
निर्मलीडाँडाको पेलुङमा जनतासँग भेटघाटपछि साकेला गाउँ कमिटीको व्यवस्थापनमा चखेवाभन्ज्याङमा संकल्प यात्रा अभियानका यात्रीहरुलाई सुन्तलाको माला लगाई भोजपुरका लागि विदाई गरिने कार्यक्रम रहेको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच