
काठमाडौं । जारी एसीसी यू-१९ एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ।
बुधबार समूह चरणका खेलहरू सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
समूह चरणका खेल बुधबार सकिएपछि समुह बी बाट बंगलादेश विजेता र आयोजक युएई उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्।
बुधबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने युएईले जापानलाई १०७ रनले पराजित गरेको थियो। समूह बी बाट श्रीलंका र जापान बाहिरिएका छन्।
यसअघि समुह 'ए' बाट पाकिस्तान र भारत विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका थिए।
अब सेमिफाइनलमा समुह 'ए' को विजेता पाकिस्तान र समूह 'बि' को उपविजेता युएई खेल्ने छन् भने समूह 'बि' को विजेता बंगलादेश र समुह 'ए' को उपविजेता भारत खेल्ने छन्।
सेमिफाइनलका दुवै खेल आगामी शुक्रबार हुने छन् भने फाइनल खेल आइतबार हुने छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच