बार्सिलोना । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बेल्जियन टोली रोयल एन्टवर्पसँग पराजित भएको छ । एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना तीन-दुईले पराजित भयो । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । आर्थर भरमिरिनले गोल गर्दै खेलमा एन्टवर्पलाई अग्रता दिलाउनुभयो । ३५औँ मिनेटमा बार्सिलोनाले बराबरी गोल ग¥यो । लामिन यमालको पासमा फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
५६औँ मिनेटमा एन्टवर्पले पुनः खेलमा अग्रता लियो । अलहसन युसुफको पासमा भिन्सेन्ट यान्सनले गोल गर्नुभएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा इलकाए गुन्डोगानको क्रसमा हेडर गोल गर्दै युवा खेलाडी मार्क गुयुले बार्सिलोनाका लागि बराबरी गर्नुभयो । तर, त्यसको अर्को मिनेटमा जर्ज इलेनिखेनाले एन्टवर्पका लागि गोल गर्दै जित दिलाउनुभयो ।
हारका बाबजुद बार्सिलोना समूहको शीर्ष स्थानमा रहृयो । बार्सिलोनाको ६ खेलमा १२ अंक छ । दोस्रो स्थानमा रहेको पोर्टोको पनि १२ अंक नै रहेको छ । यस्तै शाख्तर दोनेत्स्क नौ अंक बटुल्दै तेस्रो स्थानमा रहेर युरोपा लिगमा छनोट भयो । एन्टवर्पले तीन अंकमात्र जोड्न सक्यो ।
यता पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बोरुसिया डर्टमन्डलाई एक–एक को बराबरीमा रोक्दै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो । समूह ‘एफ’को अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई दुई–एकले हरायो ।
पिएसजीका लागि जाएरे एमिरीले ५६औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । एडेमिको गोलमा ५१औँ मिनेटमा डर्टमन्डले अग्रता लिएको थियो । डर्टमन्ड ११ अंकसहित समूहको शीर्ष स्थानमा रहृयो भने आठ अंक जोडेको पिएसजी उपविजेताका रूपमा अघि बढ्यो । समान आठ अंकको मिलान र पाँच अंक बटुलेको न्युक्यासल च्याम्पियन्स लिगबाट बाहिरिए ।
समूह ‘ई’ मा शीर्षमा रहेको एटलेटिको म्याड्रिडले लाजियोलाई दुई-शून्यले हरायो । एट्लेटिको र लाजियो दुवै टोली नकआउट चरण पुगिसकेका छन् । समूहको अर्को खेलमा सेल्टिकले फायनउडलाई दुई-एकले हरायो । यी दुवै टोली पहिले नै प्रतियोगिताबाट बाहिरिसकेका थिए ।
म्यानचेस्टर सिटीले समूह ‘जी’ मा शतप्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा रेड स्टार बेलग्रेडलाई तीन-दुईले हरायो । समूहको अर्को खेलमा आरबी लाइपजिगले योङ ब्वाइजलाई दुई-एकले हरायो । यसअघि नै नकआउट चरण पुगेको सिटी समूह विजेता र लाइपजिग उपविजेता भए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच