मेनुकाले गाएको हिन्दी फिल्मको गीत युट्युवको एघारौं नम्बरको ट्रेन्डिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले फिल्म सलारमा गाएको गीत युट्युवमा निकै नै रुचाइएको छ । ‘सुरज हि छावँ बनके’ बोलको उक्त चलचित्रको गीत सार्वजनिक भएको दुई दिनमा एघारौं नम्बरको ट्रेन्डिङमा चढेको हो।

युट्युवमा सार्वजनिक भएको लिरिकल भिडियो दुई दिनमै २७ लाख बढीले हेरेका छन् । प्रशान्त निलले निर्देशन गरेको फिल्ममा प्रभास मुख्य भूमिकामा छन्। मेनुकाको स्वर निकै सुमधुर सुनिएको छ।

इन्डियन आइडलमा सहभागी रहेको मेनुकाले स्याड फ्लेवरका गीत गाएर प्रशंसकहरू कमाइरहेकी छिन्। सलारमा पनि उनले आफ्नै फ्लेवरको गीत गाउन पाएकी हुन्। सलार हिन्दी फिल्मको उक्त गीत मेनुकाको पहिलो डेब्यू गीत पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?