हिमालय एअरलाइन्सको इन्टरनेट बुकिङ इन्जिन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ इन्जिन(आइवीइ) सेवा सुरु गरेको छ । जसबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्स्को वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । सेवाको प्रारम्भिक चरणमा ग्राहकले टिकट खरिदका लागि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस निकट भविश्यमा उपलब्ध हुने एयरलाइन्सले जनाएको छ ।

साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपयोग गर्न सकिनेछ । एअरलाइन्स्ले ब्यागेज प्रि– बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता विभिन्न अन्य सेवा पनि संचालन ल्याएको छ । यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाईन चेक पनि गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो,‘हाम्रा ग्राहक हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटका लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ इन्जिन सेवा घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।’

हिमालय एअरलाइन्ससँग हाल चारवटा विमान रहेका छन् । तीन एयरबस ३२०– २१४ /१८० मितव्ययी सीट) र एक एयरबस ३१९–११५.१४४ (मितव्ययी सीट) रहेका छन् भने मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्र संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?