काठमाडौं । गत वर्ष सिनेमाघरमा आएको चलचित्र ‘के घर के डेरा’को सिक्वेलका रूपमा ‘के घर के डेरा : घर नं. २’ निर्माण हुने भएको छ । शुक्रबार निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गर्दै हुनुहुन्छ भने ‘कर्णाली ब्लुज’ पुस्तकका लेखक बुद्धि सागरको लेखन रहेको छ ।
निर्देशक खनालले चलचित्र पूरै सिक्वेल नभएर अर्काे घरको कथामा बन्न लागेको बताउनुभयो । उहाँले कथा जे भए पनि चलचित्र अर्थपूर्ण बन्ने दाबी गर्नुभयो । चलचित्र लेखन चरणमा भएकाले कलाकार छनोट बाँकी रहेको जनाइएको छ ।
ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियशनको संयुक्त निर्माणमा बन्न लागेको यो चलचित्र नयाँ वर्षमा छायांकन हुनेछ । निर्देशक खनाल यसअगाडि सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत थापाको कथामा चलचित्र ‘मेयर’ बनाउँदै हुनुहुन्छ । उहाँको पाइप लाइनमा ‘आमा २’, ‘पशुपति प्रसाद ३’ र ‘चंगा चेट’ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच