
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको औपचारिक उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित डिलर उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गर्नुभएको हो ।
ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटिज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डिपी) सेवा प्रदान गर्ने कम्पनीले भदौ २० गतेदेखि कारोबार सुरु गरेको भए पनि शुक्रबार औपचारिक सेवा सुरुवात गरेको हो ।
नयाँ डिलरका रूपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शीरूपमा सेवा दिने अपेक्षा गरिएको छ । कम्पनीले ब्रोकर नम्बर ७७ का रूपमा ब्रोकरेज सेवा प्रवाह गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच