इजरायललाई गुप्तचरी गरेको अभियोगमा एक इरानीलाई मृत्युदण्ड

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । इरानले  ‘मोसाद जासूस’लाई मृत्युदण्ड दिएको बताएको छ ।

इरानले इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि जासुसी गरेको आरोपमा आफ्नो दक्षिणपूर्वी सिस्तान र बलुचिस्तान प्रान्तमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको हो ।

इरानी न्यायपालिकाको आधिकारिक समाचार आउटलेटका अनुसार पहिचान नभएको व्यक्तिलाई जानीजानी गोप्य जानकारी सङ्कलन र विदेशी खुफिया सेवाहरू विशेष गरी इजरायली जासूस एजेन्सीलाई सुम्पेकोमा आज बिहान मृत्युदण्ड दिइएको हो ।

उक्त व्यक्तिलाई देशको व्यवस्थालाई खलल पार्ने र इस्लामिक गणतन्त्रको विरोध गर्ने समूह र संगठनहरूको पक्षमा प्रचार गर्ने लक्ष्यका साथ गुप्तचर भेलाको लागि मुद्दा चलाइएको र दोषी ठहर गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?