फ्रान्सेली दंगामा सात सयभन्दा बढीलाई जेल सजाय

Read Time = 2 mins

पेरिस । फ्रान्समा गत महिनाको अन्त्यमा भएका दंगामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ । मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।

बुधबारसम्म एक हजार २७८ निर्णय सुनाइएकामा ९५ प्रतिशत भन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका जानकारी उनले आरटीएल रेडियोलाई दिएका छन् ।

न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सय जनालाई पहिले नै जेल पठाइएको छ । उहाँले भन्नुभएको छ, ‘देशमा शान्तिसुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प थिएन । सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदंगा एवं हिंसात्मक झडप भएका थिएनन् ।’

गत जुन २७ मा एकजना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली-अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारीसाधनका साथ परिचालन भएका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?