काठमाडौं । नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई तेस्रो टी-२० खेलमा पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिज एपिएफले क्लिन स्विप गरेको छ । जितका लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १४.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । एपिएफको जितमा सीता रानामगरले २९ बलमा तीन चौकासहित २९ रन बनाउनुभयो ।
यस्तै ज्योति पाण्डे १५, रोमा थापा दुई, राजमती ऐरी शून्य रनमा आउट हुँदा ममता चौधरी चार र सरिता मगरले आठ रन जोड्नुभयो । बागमतीकी तीव्रगतिकी बलर विपिशा शाहीले २.१ ओभरमा सात रन खर्चेर दुई विकेट लिनुभयो । संस्कृति फुँयालले एक विकेट हात पार्नुभयो ।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७२ रन बनाएको थियो । बागमतीकी सलिना सिलवालले ४३ बलमा दुई चौकासहित २२ रन बनाउनुभयो ।
अस्मिना कर्माचार्यले ३६ बलमा एक चौकासहित २१, हेलिसा गुरुङ शून्य, कञ्चन श्रेष्ठ चार, अस्मिता खरेल पाँच, यशु पाण्डे, विपिशा शाही, सुजिता थापा र अनिशा मजाकोटीले एक-एक रन जोड्नुभयो ।
एपिएफकी करुणा भण्डारीले चार ओभरमा पाँच रन खर्चेर तीन विकेट लिनुभयो । रेखा रावलले चार ओभरमा १५ रन खर्चेर दुई विकेट हात पार्नुभयो । सीता रानामगरले एक विकेट लिनुभयो ।
खेलमा सीता रानामगर सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले तीन खेलको सिरिजमा ५६ रन बनाउनुका साथै एक विकेट लिनुभएको थियो । त्यस्तै, एपिएफकी ममता चौधरीले तीन खेलमा ८८ रन बनाउँदै उत्कृष्ट ब्याटर चुनिनुभयो । एपिएफकी करुणा भण्डारी पाँच विकेटका साथ उत्कृष्ट बलर चुनिनुभयो ।
पहिलो खेलमा एपिएफ ७२ रन र दोस्रो खेलमा ६२ रनले विजयी भएको थियो । पुस ४ गतेदेखि काठमाडौंमा प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । त्यसअघि बागमती प्रदेश क्रिकेट संघले एपिएफसँग तीन खेलको सिरिज खेलेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच