काठमाडौं । नेपालका शीर्ष एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजियु एमेच्योर गल्फ च्याम्पियनसिपको १२२औँ संस्करणको उपाधि जित्नुभएको छ । म्याच प्ले फम्र्याटमा भएको प्रतियोगिताको फाइनलमा सुवासले भारतका रोहितलाई पराजित गर्दै उपाधि जित्नुभएको हो ।
उहाँले नौ एण्ड सातको स्कोरका साथ भारतमा उपाधि जित्नुभयो । ३६ होलमा खेलिएको फाइनल खेलको २९औँ होलमा नौ होलको अग्रता बनाएपछि सुवासले उपाधि पक्का गर्नुभयो ।
१३औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णपदक विजेता सुवासले यसअघि शनिबार दक्षिण अफ्रिकाका एल्टिन भान डर मर्वलाई हराउनुभएको थियो । त्यसअघि उहाँले पहिलो चरणमा भारतका कानव चौहान, प्रि-क्वाटरफाइनलमा विशेष शर्मा र क्वाटरफाइनलमा ध्रुव शुरीलाई पराजित गर्नुभएको थियो । उपाधि जितेपछि सुवासले आफूमा थप आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयो । उहाँले माथिल्लोस्तरको व्यावसायिक प्रतियोगिताले आफ्नो क्षमता तिखारिएको बताउनुभयो ।
सुवासले अघिल्लो वर्षदेखि भारतको बेंगलोरस्थित तरुण सर्देशाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्दै आउनुभएको छ । नेपालका लागि एसियाली खेलकुदमा सहभागिता जनाउनुभएका उहाँले भारतमै खेल्न यसपटक सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगितासमेत गुमाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच