![भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/bardibash-prachanda.jpg)
काठमाडौं । सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेन्टको भाउ बढाइएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सीमित सिमेन्ट उद्योगीले कार्टेलिङ गरी हालै प्रतिबोरा एक सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘खुला अर्थतन्त्रको नीतिविपरीत गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध हो । विगतमा पनि कार्टेलिङ गरी पटक-पटक भएका यस किसिमका मूल्यवृद्धिले अन्ततः पूर्वाधार खर्च बढ्न गई सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको छ ।’
म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीको अर्बाैं भुक्तानी नहुँदा निर्माण उद्योग नै धरासायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अबिलम्ब खारेज गरी आमउपभोक्तालाई राहत दिन पनि महासंघले सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच