नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ ।

यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो ।

फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ ।

त्यसैगरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरु प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन् ।

जसमा अफ्रिकाबाट चार क्लब, एशियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब,  दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन् । साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्बजनिक गरिने फिफाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?