सम्पदा क्षेत्र सार्वजनिक खरिद ऐन, २०६३ अनुसार निर्माण नगरौँ : मेयर महर्जन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताउनुभएको छ ।

सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाइ ओभरहरु सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम सम्पन्न हुनै धेरै समय लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ग्वार्कोको फ्लाइ ओभर छिटो बनोस् । यहाँको ट्राफिक व्यवस्थापन यति अस्तव्यवस्त भयो की कुरा गरेर साध्य छैन । एकान्तकुना, ग्वार्कोसहितका तीन वटा पुल एकैपटक बनाऔँ । चाहे २४ वा ३० महिना लागोस् । त्यसको लागि एउटा पुल बनाउन ललितपुर महानगरपालिकाले लगानी गर्नेछ । म प्रधानमन्त्रीज्युलाई आग्रह गर्दछु । यही वर्षमा १२ करोड र अर्को वर्षमा १२ करोड राखाैँ सकिन्छ । तर एकै पटकमा सबै सक्नुपर्छ । यो सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम गर्दा केही हुँदैन । सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग नगरी बनाएका मन्दिरहरु छिटो बनेका छन् । यो ठूलो कुरा हो । सार्वजनिक खरिद ऐन, २०६३ लगाए कुनैपनि मन्दिर बन्दैनन् । सम्पदा क्षेत्र निर्माणका लागि सार्वजनिक खरिद ऐन नलगाइदिनुस् ।’

मेयर महर्जनले ओखरपौवाका जनतालाई काठमाडौं उपत्यकाका मानिसले पाप दिएको जस्तो भएको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो । उहाँले दीर्घकालीन रुपमा काठमाडौं उपत्यकाको फोहोर चाँडो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?