सर्लाही । सरकारको निर्णपछि पनि आन्दोलन जारी उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान आज महेन्द्र राजमार्गमा लम्पसार परेर विरोध जनाएका छन् ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगूवाहरु हरिवन बजार स्थित महेन्द्र राजमार्गमा लम्पसार परेर सुत्दै विरोध जनाएका हुन् ।
विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, नेपाली कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेती, नेकपा माओवादी केन्द्र हरिवन अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती सहित किसान अगुवाहरुको उपस्थिती रहेको थियो ।
दिउँसो २ बजेदेखि आधाघण्टा राजमार्गमा लम्पसार परेर विरोध प्रदर्शनको कार्यक्रम राखिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिती लगायत उखु किसान सम्बद्द संघ–संगठनको संयुक्त आयोजनामा साता दिनदेखि हरिवनमा विरोध प्रदर्शन भईरहेको छ । यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्यासी समेत रहनुभएका इस्तिहारले आज सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सूरु गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच