
काठमाडौं । रोयल दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यू-२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । तीन टिम सहभागी राउण्ड रोविन लिगमा रोयल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । नखिपोट युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा रोयलले कीर्तिपुरलाई ६२-३८ ले पराजित गर्यो । रोयलका छिरिङ शेर्पा र सृष्टि फाइजोले समान ११-११ स्कोर गर्नुभयो ।
रोयलले सुरुका दुई क्वाटरमा क्रमशः २०-५ र २४-२ को अग्रता लिँदै जितको आधार खडा गरेको थियो । रोयल तेस्रोमा १३-१३ को बराबरीमा रोकियो भने चौथोमा ५-१८ ले पछि पर्यो । उपाधिका लागि रोयलले बुढानीलकण्ठविरुद्ध खेल्नेछ । लिगमा कीर्तिपुरलाई हराएको बुढानीलकण्ठ उपविजेताका रूपमा फाइनलमा स्थान बनाउन सफल भयो ।
पुरुषमा बुढानीलकण्ठ र टाइम्स उपाधिका लागि भिड्ने भएका छन् । बुढानीलकण्ठले कीर्तिपुर ‘ए’ लाई प्रतिस्पर्धात्मक खेलमा ९८–९७ को झिनो अन्तरले हरायो । विजयी टिमका लागि तेन्जिङ शेर्पाले ३४ स्कोर गर्नुभयो । टाइम्सले नेपाल आर्मीलाई ८५-७२ ले पाखा लगायो । टाइम्सका मविन्द्र भण्डारीले २६ अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच