अशोक लेल्याण्डको नयाँ बस

Read Time = 2 mins

काठमाडौं । अशोक लेल्याण्डको नेपालस्थित आधिकारिक बिक्रेता आइएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२ एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । ४४ सिटे बसका चारवटा युनिटको वितरण पनि उद्घाटन गरेको छ । बसमा टर्बोचार्जर र इन्टरकुलरसहितको ५७६० सिसी एच सिरिज, छ सिलिन्डर डिजेल इन्जिन रहेको छ भने बसमा इनलाइन इन्धन पम्प छ, जसले मर्मत खर्च घटाउने कम्पनीको दाबी छ ।

सो अवसरमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भन्नुभयो, ‘ग्राहकले पहिले नै नेपालमा अशोक लेल्याण्डका बस र अन्य सवारीसाधन रुचाउँदै आएका छन् र अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा हामी खुसी छौँ । लामो दूरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ ।’

एबिएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्ने बताइएको छ । बसमा बोल्ट क्रस मेम्बरसहितको बलियो ११ इन्च लडर प्रकारको चेसिस छ, जसका कारण बस निकै सुरक्षित मानिन्छ । अशोक लेल्याण्ड भाइकिङ १२ एम प्राइममा तीन सय ५० लिटर इन्धन ट्यांक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?