सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाको संख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्यांक कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको संख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो ।
यो सन् २०१७ मा सान्दर्भिक तथ्यांक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोवास गर्ने चिनियाँ नागरिकको संख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको संख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई लाख एक हजार पुगेको छ ।
पाँच वर्षदेखि दक्षिण कोरियामा १५ वर्ष वा सोभन्दा माथिका अंगीकृत नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा २०२३ मा दुई दशमलव पाँच प्रतिशतले घटेर ५१ हजारमा पुगेको छ । रोजगारी भएका विदेशी बासिन्दाको संख्या नौ दशमलव पाँच प्रतिशतले बढेर सन् २०२३ मा नौ लाख २३ हजार पुगेको छ । चालु वर्षमा अंगीकृत व्यक्तिको रोजगारीको संख्या शून्य दशमलव छ प्रतिशतले बढेर ३४ हजार पुगेको छ । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच