
केयन्र्स (अष्ट्रेलिया) । उत्तरपूर्वी अष्ट्रेलियामा सोमबार अचानक आएको बाढीले बाटो काटेर गोहीहरूलाई शहरहरूमा बगाउँदा अलपत्र परेका बासिन्दा अस्पतालको छतमा आश्रय लिएका छन् । उद्धार टोलीले रातभरिमा तीन सयभन्दा बढी मानिसलाई बाहिर निकालेको र बाढीबाट कटान भएको इलाकामा सहयोगका लागि सैन्य हेलिकप्टर पठाइएको प्रहरीले बताएको छ ।
उत्तरी क्विन्सल्याण्डमा करिब चार सय किलोमिटरसम्म फैलिएको समद्री तटवर्ती क्षेत्रमा क्षतिको सूचना प्राप्त भएको थियो । सोमबारको बाढीले क्विन्सल्याण्डमा अर्बौं डलरको क्षति हुने कोषाध्यक्ष क्यामरन डिकले बताउनुभयो ।
वुजल वुुजलको आदिवासी बस्तीस्थित अस्पतालको छतमा बिरामीसहित नौजना सुरक्षाका लागि रातभर झुण्डिएर बसेका थिए । मानिसहरू अहिले निराश मुद्रामा रहेको वुजल वुजल आदिवासी शायर काउन्सिलका प्रमुख कार्यकारी किले हृयान्सलोले बताउनुभयो । प्रहरीका अनुसार सोमबार दिउँसो बाढीको पानी बढ्नुअघि मानिसहरू सुरक्षित स्थानमा चढेका छन् । उष्णकटिबन्धीय वर्षावनको पहाडी भित्री क्षेत्रले घेरिएको दुर्गम वुजल वुजल अष्ट्रेलियाको सबैभन्दा वेफाइदाजनक क्षेत्रमध्येको एक हो ।
शहरको केन्द्र फोहोर पानी र हिलोले भरिएको हृयान्सलोले बताउनुभयो । ‘उक्त पानीमा अहिले गोहीहरू पौडी खेलिरहेका छन्’, उहाँले भन्नुभयो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच