वर्तमानमा बढ्दो जनआक्रोश, असन्तुष्टि र निराशालाई रोक्न अझै समय पूरै घर्किसकेको छैन, सकिन्छ बितिहाल्न नदिऔं । अन्यथा देशलाई दुर्घटनाबाट जोगाउन धेरै कठिन देखिन्छ । विशेष गरेर कथित प्रमुख भनिएका दलका नेताहरूमा आएको आर्थिक अनुशासनहिनताले र भ्रष्टाचारले देशलाई असफल राष्ट्रको डिलैमा ठिंग उभ्याइदिएको छ । देशमा कुनै भविष्यको सम्भावना नदेखेर शिक्षित अशिक्षित सबैखाले युवाशक्ति विदेशतिर पलायन हुने गति अझै तीव्रतर हुँदै गरेको अवस्था विद्यमान छ । यसबाट थप निराशा पैदा हुँदैछ । दिनप्रतिदिन मुलुक अघोगतिमा लागेको स्थितिमा आगामी दिनहरू झन् अन्धकारमय छन् । हरेक दिनजसो कुनै न कुनै भ्रष्टाचारजन्य समाचारले स्थान नपाएको भन्ने नै हुँदैन ।
पत्रपत्रिका हुन या सामाजिक सञ्जाल सबैमा भ्रष्टाचारका खबरले ढपक्कै ढाकेका हुन्छन् । यस्तो अवस्थामा सरकार छ छैन भन्ने सामान्य संकेतसमेत छैन । नेपालीहरूमा सरकारको उपस्थितिको अनुभूति हुन सकेको देखिँदैन । यी सबै परिस्थितिमा सरकार र प्रमुख राजनीतिकदलप्रति जनताको विश्वास र आस्था ट्टुदै गएको तथ्य घामजस्तै छर्लंग छ । त्यसको प्रतिबिम्बका रूपमा एउटा सामान्य मेडिकल व्यवसायीको आहृवानमा नेपालीहरूको सहभागिताले सरकारप्रतिको दृष्टिकोण के र कस्तो रहेछ भन्ने दृष्टिकोण खडा भएको छ । एउटा असंगठित अभियन्ताले त सरकारलाई आच्छु-आच्छु बनायो भने बाँकी संगठित शक्ति पनि जाइलागे भने त साँच्चै अप्ठ्यारो पार्ने निश्चित छ ।
अहिले दिनहुँजसो सरकार र नेताहरूबाट आर्थिक अनियमिता तथा भ्रष्टाचारका अनगिन्ति अनुत्तरित प्रश्नको जवाफ खोजिरहेको अवस्था छ तर सम्बन्धित पक्षबाट कुनै उत्तर आउन सकेको छैन । यद्यपि कतिपय भ्रष्टाचारजन्य आरोप प्रमाणित हुनसक्ने देखिँदैनन् ।
संगठित शक्तिहरू भन्नाले रास्वपा, राप्रपा आदि देखिने शक्ति हुन् भने नदेखिने (अदृश्य) शक्ति छैनन् भन्न सकिँदैन । यदि दुर्गा प्रसाईंसँगै यी माथिका शक्ति सरकारका गलत कदमविरुद्ध जाइलागे भने सरकार र कथित ठूला भनिएका दलहरूको अवस्था निरीह हुनेछ । नेपाली नागरिकहरूमा धेरै ठूलो परिमाणमा राजनीतिक र सामाजिक जागरण आएको छ । हुन त यो जागरण पनि लोकतान्त्रिक प्रणालीले ल्याएको जागरण हो । शिक्षाले यति ठूलो फड्को मार्न सम्भव भएको हो । पहिलो जनआन्दोलन २०४६ को जगमा नेपालीहरूको चेतनाको स्तरले सरकारलाई सचेत गराइरहेका छन् ।
सूचना तथा प्रविधिको असाधारण विकासले नेपालीलाई सचेत र जागरुक बन्ने अवसर उपलब्ध गराएको हो । साथै सडक सञ्जालले मेची-महाकाली, हिमाल र तराई/मधेसलाई एकै ठाउँमा जोडिदिएको छ जस्ले एक नेपाली र अर्को नेपालीबीच विचार र भावना, दुःख र सुखको साटासाट गर्न सहजीकरण गरिदियो । त्यस्तै स्वास्थ्यको क्षेत्रमा समेत निकै ठूलो फड्को मारेको यथार्थ हामीसामु छर्लंग छ । शिक्षा, स्वास्थ्य, सञ्चार सडक सञ्जालको यति प्रचुर विकास र प्रगति कसरी भयो भन्ने बारेमा जनतामा सुसूचित गराउन नसक्नु दलहरूको कमजोरी देखिन्छ । एकातिर आफू र आफूहरूले ल्याएको पद्धतिबाट भएको उपलब्धिको अपनत्व लिन नसक्नु अर्कोतर्फ व्याप्त भ्रष्टाचारको वास्तविकता के हो जनतासमक्ष प्रष्ट पार्न नसक्नु गणतान्त्रिक पद्धतिको असफलताको मूल कारण बनेको छ ।
अहिले दिनहुँजसो सरकार र नेताहरूबाट आर्थिक अनियमिता तथा भ्रष्टाचारका अनगिन्ति अनुत्तरित प्रश्नको जवाफ खोजिरहेको अवस्था छ तर सम्बन्धित पक्षबाट कुनै उत्तर आउन सकेको छैन । यद्यपि कतिपय भ्रष्टाचारजन्य आरोप प्रमाणित हुनसक्ने देखिँदैनन् । तर पनि जनतामा पर्न गएको नकारात्मक प्रभावको निरूपण हुन आवश्यक छ । यो कुरामा जिम्मेवार पक्ष जवाफदेही नदेखिँदा थप आशंका त हुनेभयो । मुलुक अहिले नकारात्मक सोच र प्रभावको दलदलमा भासिएको अवस्था छ । मानौँ केही कल्पनाशील समूह यस्ता षड्यन्त्रका तानाबाना बुनिरहेका छन् जसले मुलुकमा अस्थिरता र आतंक सिर्जना गरोस् र त्यही अस्थिरता र आतंकबाट आफ्ना राजनीति अभिष्ट पूरा गर्न सकियोस् ।
यसका लागि सरकार र प्रमुख प्रतिपक्षले बाटो सहज गरिदिएको छ । जसका कारण पुरातनवादी (यथास्थितिवाद) निकै उत्साहित देखिन्छन् । तिनीहरूको उत्साहलाई थप मलजल गर्दैछन् सरकार र प्रमुखदलका नेताहरू । सरकार र प्रमुख दलप्रति यति धेरै आर्थिक अनियमितताका प्रश्न उठाइएका छन् कि जसको चित्तबुझ्दो जवाफको अभावमा सकारात्मकभन्दा नकारात्मक प्रभाव समाजमा बढी परेको देखिन्छ । यसर्थ राजनीतिले जनविश्वास गुमाउँदै गएको अवस्था छ भन्न हिच्किचाउनु पर्दैन । यस पृष्ठभूमिमा ताजा नेपाली जनमत संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा छ भनेर ठोकुवा गर्न कुनै आइतबार पर्खिनु पर्दैन ।
हिजोका परिवर्तनका पक्षहरू आज तुरुन्तै फर्किएर यथास्थितिवादीको कित्तामा उभिएको अवस्थालाई हेर्दा वर्तमान राजनीतिले जनविश्वास जोगाइराख्न सक्ने देखिँदैन । अहिलेको समसामयिक राजनीतिको सर्सर्ती समीक्षा गर्यो भने यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र कथित प्रमुख भनिएका दलहरूप्रति आमनागरिकको सकारात्मक दृष्टिकोण पाइँदैन । यसैले राजनीतिले जनविश्वास गुमाउँदै गएको छ, कारण धरै छन् । २०४६ र २०६२/०६३ सालमा भएका ती बलिदानीपूर्ण संघर्ष र आन्दोलनका योद्धामा आज देखिएको निराशा र असन्तुष्टि राजनीतिमा जनविश्वास गुम्दैजानुको मुख्य कारण हो ।
हालकै प्रणालीबाट देशको विकास, समृद्धि सम्भव छ र सम्भव बनाउनुपर्छ । मुलुकको राजनीतिमात्रै होइन अर्थतन्त्र झन् खतरनाक मोडमा छ । देश दिनप्रतिदिन पतनको बाटोमा छ । देशको प्रमुख दुश्मन भनेकै भ्रष्टाचार, घुसखोरी, कमिसन्तन्त्र, ढिलासुस्ती, दलाली प्रवृत्ति हो ।
पहिलो र दोस्रो जनआन्दोलनका मुख्य दल र तिनका नेताहरूमध्ये दोस्रो जनआन्दोलनका नेतृत्वकर्तामा गिरिजाप्रसाद कोइरालाबाहेक लगभग सबै जीवितै छन् । राजनीतिलाई मुख्यरूपमा विकृति प्रवेश गराउने खलनायक आज यो दुनियाँमा छैनन् बाँकी त सबै जीवितै छन् । कांग्र्रेस र कम्युनिष्टहरूबाट देशमा ठूलठूला राजनीतिक क्रान्ति–परिवर्तन भए, साथसाथै ती क्रान्ति र परिवर्तनबाट प्राप्त सकारात्मक उपलब्धि उनीहरूबाटै गुम्ने सम्भावना देखिँदै छन् । अहिले नेपालीहरूको आक्रोश, असन्तोष, गुनासो र विरोध पनि उनीहरूसँगै छ ।
नेपालीहरूको त्यो आक्रोश, असन्तोष, गुनासो र विरोधले सरकार, दल र नेताहरूप्रतिको जनविश्वास गुम्दै गएको छ जसले सिंगो राजनीति नै प्रभावित भएको छ । स्वतन्त्रताको उपभोग कहिलेकाहीँ आवश्यकभन्दा बढी हुन गई त्यसबाट उत्पन्न हुनसक्ने नकारात्मक प्रभाव र परिस्थिति नियन्त्रणदेखि बाहिर गएको हो कि जस्तो भान हुन्छ ।
यदाकदा स्वतन्त्रताको अर्थ स्वछन्दता हो कि भन्ने देखिन्छ । समाजमा प्रेस स्वतन्त्रताको उप्भोगमार्फत सञ्चार जगतले भए गरेका विकृति, विसंगति र गलत क्रियाकलापलाई खबरदारी गर्दै सकारात्मक कामको सुसूचित गराउने हो । सञ्चार क्षेत्र आफ्नो आचारसंहितादेखि बाहिर गएका हुन् कि भन्ने लाग्छ जसका काराण समाजमा गलत सन्देश प्रवाह हुन गई शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने खतरासमेत टड्कारो रूपमा देखापरिरहेको स्थिति छ ।
देशमा यति गम्भीर स्थिति सिर्जना गराउने अरू कोही नभई यिनै तथाकथित ठूला भनाउँदा दलहरू र तिनका नेताहरू हुन् । पद्धतिमाथि नै यस्तो गम्भीर संकट आइपर्दा सरकार र दलहरू अझै संवेदनशीलताका साथ गुम्दैगएको जनविश्वास जोगाउनतिर लाग्दैनन् भने ‘राम राम’ भन्नुबाहेक अरू के नै गर्न सकिन्छ र ? उनीहरू यो वा त्यो बहानामा देश र जनताका जल्दाबल्दा समस्याबाट उम्कन पाउने छैनन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्ना हुनैपर्छ ।
हालकै प्रणालीबाट देशको विकास, समृद्धि सम्भव छ र सम्भव बनाउनुपर्छ । मुलुकको राजनीतिमात्रै होइन अर्थतन्त्र झन् खतरनाक मोडमा छ । देश दिनप्रतिदिन पतनको बाटोमा लागेको छ । देशको प्रमुख दुश्मन भनेकै भ्रष्टाचार, घुसखोरी, कमिसन्तन्त्र, ढिलासुस्ती, दलाली प्रवृत्ति हो । जबसम्म यस्ता प्रवृत्तिको अन्त्य गर्न सकिँदैन तबसम्म नागरिकलाई आश्वस्त पार्न सकिँदैन । राजनीतिक पार्टीहरूमा प्रतिबद्वता आवश्यक पर्दछ । नेताहरूले कृष्णप्रसाद भट्टराईको जस्तो सरल जीवन अपनाउनुपर्दछ । भारतका तत्कालीन लालबहादुर शास्त्री जसले प्रधानमन्त्री पदको शपथ लिँदा फाटेको धोती लगाएका थिए, आज त्यस्ता नेताको आवश्यकता छ जुन कार्यले जनविश्वास जगाउन सक्छ । असल चरित्र र व्यवहारले नै आजका यावत् विकृति र विसंगति स्वतः हटेर जान्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच