धादिङ अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता बढ्यो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला अदालत धादिङमा चालु आर्थिक वर्षको ५ महिनामा कुल मुद्दामध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालत धादिङले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले जानकारी गराउँदै उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । धादिङमा कुल ६ सय ३३ वटा दर्ता भएका मुद्दा मध्ये सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा भएको छ ।

यस्तै सबैभन्दा कम वन पैदावर सम्बन्धीको मुद्धा दर्ता भएको छ । दर्ता भएको मुद्दा मध्ये १ सय २६ फर्छ्यौट भएको छ भने १ सय १५ वटा मुद्धा फर्छ्यौट हुन बाँकी रहेको छ । यसैगरी वन पैदावर तर्फ ११ वटा मुद्धा दर्ता भएकोमा २ वटा मुद्धा फछयौट भएको छ भने ९ वटा मुद्धा फर्छ्यौट हुन बाँकी रहेको छ ।

अदालतका प्रमुख तथा न्यायाधीश बास्तोलाले अदालत विशुद्ध जनआस्थासँग जोडिएको संस्था भएको जिल्ला अदालत धादिङका प्रमुख तथा न्यायाधीश गोपाल प्रसाद बास्तोलाले बताउनु भएको छ । नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै बास्तोलाले अदालत प्रतिको विश्वास गुम्न नदिने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालबाट अदालत प्रति भ्रम फैलाउने काम गरीरहेको भन्दै उहाँले सञ्चार माध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?