काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताउनुभएको छ ।
बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनबारे सो कुरा बताउनुभएको हो ।
मन्त्री गुरुङले प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल माथि राख्ने टस राख्ने काममा समय लाग्ने भएपनि त्यसलाई संसदको हिउँदे अधिवेशन सञ्चालन हुनेगरी सक्न सम्बन्धित पक्षलाई निर्देशन दिइएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले माघ महिना भित्र हस्तान्तरण गर्नेगरी मन्त्री क्वार्टर निर्माण काम भइरहेको समेत बताउनु भयो । मन्त्री गुरुङले अधुरा आयोजनाहरुको कामलाई तिब्रता दिन आफूले सम्बन्धित मन्त्रालयसँगको समन्वयको कामलाई जोड दिएको पनि जानकारी दिनुभयो । अनुगमन गर्ने परम्परागत शैली, अन्तर मन्त्रालयबीचको समन्वयको अभाव, सार्वजनिक खरिद ऐन, स्रोतको सुनिश्चिता नहुँदा पनि निर्माणाधिन आयोजनाहरुको कामले गति लिन नसकेको मन्त्री गुरुङको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘अधुरा आयोजनाहरुलाई छिटो गराउनु पर्छ भन्ने दृष्टिकोणका साथ लागेका छौं । अव प्रतिनिधि सभाको चाहीँ हामीले हिउँदे अधिवेशन त्यहीबाट सञ्चालन गर्नेगरी भनेर त्यो अठोटका साथ काम गरिरहेका छौं । तर प्राविधिक कुराहरु चाहीँ कस्तो हुँदो रहेछ भने जुन प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल छ । त्यसको माथिको टस राख्ने कुरा चाँही धेरै ठूलो दुरीको हुने र हामीले हतार गरेर राख्न लगायौ भने पछि त्यहाँबाट आउने त्रुटीहरुलाई सच्याउन झन धेरै गाह्रो हुने भएको कारणले हामीले त्यो विषयलाई अलिकति महत्वमा राखेर काम गरिएको छ । तर पनि हामी हिउँदे अधिवेशनसम्म यो वर्ष चाँही हामी प्रतिनिधि सभाको र राष्ट्रिय सभाको अधिवेशन चाहीँ त्यतै सार्ने भनेर काम गरिरहेको कुरा चाँही यहाँहरुको बीचमा राख्न चाहन्छु । अव बाँकि त सबै ठाउँको आयोजनाहरु निर्माणाधिन छन् । हाम्रो अनुगमनको हिजाको परम्परागत शैली, त्यस पछाडि निर्णय प्रक्रियामा हुने ढिलाई, एकले अर्कोसँगको समन्वयको अभाव र अन्तर मन्त्रालयसँगको समन्वयको अभाव । यी यस्ता थुप्रै समस्याहरुमा सुधार सबै मन्त्रालय र निकायहरुले गर्नुपर्ने मैले देखेको छु । त्यसको लागि विकास निर्माणको कामसँग सम्बन्धित मन्त्रालयहरुसँगको समन्वयका लागि छलफलहरु गरिराखेको छु ।’
मन्त्री गुरुङले पर्याप्त बजेटको व्यवस्था गर्न सकिने अवस्था नभएकाले पनि विकास, निर्माणको कामले गति लिन नसकेको यथार्थलाई मनन गरिदिन सांसदहरुलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच