एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस हो : महानायक हमाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक मानिसले आफ्नो भन्दा अर्को मानिसले गरेका क्रियाकलापहरुमा बढी चासो दिने बताउनु भयो । उहाँले हरेक मानिसहरुले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरु गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा मानिसको सबैभन्दा रुचीको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किन भन्दा त्यहाँ अर्को मानिस छ । त्यहाँ समाज छ । त्यसकारण हाम्रो केन्द्रबिन्दुमा आउने भनेको अर्को व्यक्ति हो । समाज हो । अर्को व्यक्तिले के गर्छ, के भन्छ, जुन जीवन हामी जिइरहेका छाैँ, अर्को व्यक्तिले त्यो जीवन कसरी जिरहेको छ । जुन जीवनलाई हामीले हाम्रो भावना, दृष्टिकोण छ, अर्को व्यक्तिको भावना र दृष्टिकोण कस्तो छ भन्नेकुराले सार्थकता दिइरहेको छ ।’

महानायक हमालले हरेक व्यक्तिको अभिव्यक्तिले मानिसको जीवनको भावनाको सार्थकता पाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?