काठमाडौं । सेनाका अभय महरा दोस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु-१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गर्नुभएको छ । अभयले पुरुष एक तर्फ एपीएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले र यु १७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल हुनुभएको छ । यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल महर्जनले एपीएफका अमन महर्जनलाई २१-८, २१-४ ले तथा एपीएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१-१५, २१-९ ले पराजित गर्नुभएको थियो ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने अन्यमा नेपाल पुलिसका विष्णु कटुवाल, एपीएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापामगर र नेपाल पुलिसका जीवन आचार्य रहनुभएको छ ।
कटुवालले एपीएफका सुजन थापालाई २१-११, २१-११ को समान अन्तरमा, देव रानाले एपीएफका अरुण अधिकारीलाई २१-२३, २१-१५, २१-१५, रोशन साउदले सेनाका सुविन श्रेष्ठ (बी)लाई २१-१७, १७-२१, २१-९, डेभिडले एपीएफका अनिल मल्ललाई २१-११, २१-६, जीवनले एपीएफका भोजबहादुर गुरुङलाई २१-१५, २२-२० ले पराजित गर्नुभएको थियो ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु-१७ तर्फ सेनाका सुविन श्रेष्ठ (बी)ले एपीएफका प्रदीप सोतीलाई २१-१३, २१-१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१-८, २१-७ ले, नेपालगंजका राजेश बिसीले सेनाका सुदेश राजकोटीलाई २१-१८, २३-२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१-५, १२-२१, २१-१६ ले, सेनाका सुविन श्रेष्ठ (ए)ले सुर्खेतका हिमाल थापामगरलाई २१-१८, २१-१६ ले, एपीएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१-१९, २१-१८ ले र सेनाका कविर केसीले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१-७, २१-५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्नुभएको थियो ।
यस्तै शीर्ष २० बरियताबाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डंगोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१-११, २६-२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापामगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच