
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायको प्रवद्र्धन हुन सक्ने बताउनुभएको छ । आइतबार नेपाल विज्ञापन संघ (आन)को २४औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित हुने बताउनुभएको हो ।
आर्थिक संकुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताउनुभयो ।
विज्ञापन बजार पारदर्शी भएन भन्ने गुनासोपछि आफूले सरोकारवालासँग छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत् विज्ञापन बजार पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रक्रिया सुरु गरेको उहाँको भनाइ थियो । मन्त्री शर्माले सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वाभाविकरूपमा कमिसनको चलखेल हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको पनि बताउनुभयो ।
सोही कारण मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेतको कागजात पेश गरेपछिमात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको उहाँले बताउनुभयो । विज्ञापन सामग्री लक्षित समुदायको पहुँचमा नपुग्ने गरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने गरिएको भन्दै मन्त्री शर्माले निश्चित क्षेत्र वा समुदायका लागि आवश्यक सूचनाको पहुँच नभएका मिडियामा दिने गरेकोमा यस्तो प्रवृत्ति निरुत्साहित गरिनुपर्ने बताउनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आनबाट बोर्डका हरेक कदममा सहयोग र सहकार्य भइरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच