प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराइने

फाइल तस्बिर

रासस
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

“बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारका लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो, “जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटकपटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनुपर्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउन मन्त्रालय प्रतिबद्ध छ ।” उहाँले भविष्यमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा चिकित्सा शिक्षा ऐनले बाधा पुगेकाले त्यसलाई संशोधन गर्न आवश्यक भएकामा जोड दिनुभयो । ऐन संशोधन नहुँदा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन्भने रु एक खर्ब ४३ अर्ब चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानेले बाहिर लगेका बताउनुभयो ।

त्यसअवसरमा पूर्वमन्त्री महेश, सांसद रञ्जु झा, केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रवाह गरेका सेवाबारे जानकारी दिँदै त्यसलाई अझ सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?