काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ-आफ्नो ठाउँबाट योगदान गर्न उहाँले सम्पूर्ण नेपालीलाई अपिल गर्नुभएको छ । शनिबार काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मृत्युपछि खरानी भएर जाने अंगहरू दान गर्न हिचकिचाउन नहुने बताउनुभएको हो । ‘मानव हुनुको नाताले कलेजो, मिर्गाैला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो,’ उहाँले भन्नुभयो ।
आफूले यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेको प्रधानमन्त्री प्रचण्डले सुनाउनुभयो । राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने निर्णय भइसकेको बताउँदै उहाँले आफ्नै कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
अरूले पीठो बेचे, माओवादीले चामल पनि बेच्न सकेन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार बूढानीलकण्ठमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताउनुभएको हो । ‘अरूले पीठो पनि राम्रोसँग कराएर बेच्दा राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी,’ उहाँले भन्नुभयो । उहाँले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, एकलाख भन्दा बढीको ब्याज मिनाहा गरेको बताउनुभयो ।
त्यस्तै, दोस्रोपटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त देश बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको धारणा राख्नुभयो । यसपालि तेस्रोपटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत् नपुगेको घर नहुने गरी काम गरेको बताउनुभयो । सुशासन सामाजिक न्याय र समृद्धिको नयाँ अभियान चलाइएको र त्यसअन्तर्गत मिटरब्याजीहरू विरुद्ध आयोग र ऐन बनाएर कारबाही गरी लाखौँ किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘यति ठूलो काम पनि राम्रोसँग बिक्री गर्न सकेनौँ, अरूले नगरेको काम पनि गरे जसरी प्रचार गर्छन् । हामीले गरेको पनि गरेको भन्न सकेनौँ,’ उहाँले भन्नुभयो ।
प्रत्यारोपण केन्द्रका लागि जग्गा छिट्टै उपलब्ध हुँदै छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ । प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटकपटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । ‘बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारको लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउनेछौँ, ’ उहाँले भन्नुभयो, ‘जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटकपटक निर्देशन आइसकेको छ । अब जग्गाको लागि भौँतारिनुपर्ने अवस्था छैन । जग्गाको विषय चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन मन्त्रालय प्रतिबद्ध छ ।’ उहाँले भविष्यमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐन संशोधनको आवश्यकता रहेको पनि धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच