सरकारको दोहोरो चरित्र सह्य हुँदैन : विप्लव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिनुभएको छ ।

आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताउनुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताउनु भयो ।

चन्दलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएको छ । उहाँले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठक आजबाट शुरु भएको छ । देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको छ । आज साँझ फेरि ६ बजे यही बैठक हुन्छ र निर्णय हुन्छ, यो चाहीँ चल्दैन । सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने जो खालका चित्रहरु देखिएका छन्, त्यो चल्दैन ।’

नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?