काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्ट २०२३ सम्पन्न भएको छ । दोस्रो संस्करणको सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल नौमध्ये पाँचवटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेष्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आहृवान गर्दा पाँच सय बढी स्टार्टअपको आवेदन परेको थियो । त्यसमध्ये अन्तिम छनोटमा परेका नौ स्टार्टअप परियोजनालाई फेष्टमा प्रस्तुतिको अवसर दिइएको थियो । त्यसमध्ये गल्ली म्याप्स, टावर अर्गानिक्स, एसटिओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् । यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायबल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआइएमबी एस क्यापिटल र टिम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।
सो अवसरमा विभिन्न विधामा स्टार्टअप कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । स्टार्टअप अफ द इयरको अवार्ड- हाम्रो पात्रो हेल्थले प्राप्त गरेको छ भने वेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रालि, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रिन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वुमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी इ-स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटिओएमपीले प्राप्त गरेका छन् । नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गर्नुभएको छ भने एनआइएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ । अवार्डबाट सम्मानित स्टार्टअपलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षको सदस्यता प्रदान गरेको छ । समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अवार्ड प्रदान गर्नुभएको हो ।
कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण, परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवाललगायतको उपस्थिति रहेको थियो । फेष्ट उद्घाटन कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका कन्सुलर प्रसन्ना श्रीवास्तव, नेपालका लागि युरोपियन युनियनका चार्जडी अफेयर्स डा. जोयल हाइभोनेट, फेष्ट टाइटल स्पोन्सर नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरी, परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अनुराग गोयल, परिसंघ स्टार्टअप समिति सभापति प्राची अग्रवालले स्टार्टअप फेष्ट, स्टार्टअप तथा उद्यमशीलताबारे प्रस्तुति दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच