जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले बालविवाह रोकथामका लागि वडा स्तरमा अभियान चलाउने भएको छ । नगरपालिकाले 'अहिले म बालविवाह विरुद्ध बाेल्छु' अभियान शुरु गरेको छ । बालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथले 'म बालविवाह विरुद्ध बाेल्छु' भन्ने अभियान वडास्तरबाट शुरु गरेको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।
नगरपालिकाको १ नं. वडा बाट सो अभियान शुरु गरिएको छ । नगरपालिका महिला तथा बालवालिका शखाको कार्ययोजना अनुसार नगरपालिकाले म बालविवाह विरुद्ध बाेल्छु भन्ने अभियान संचालन गरेको नगरपालिकाका बालकल्याण अधिकारी पुष्पा थापाले बताउनुभयो ।
नगरपालिकाले शुरु गरेको अभियान पहिलो दिन वडा नम्बर १ बाट शुरुहुँदै सदरमुकामको चन्दननाथ माविका विद्यार्थी, टयूसन सेन्टरहरुमा सचेतना दिएको छ । क्रमशः नगरपालिकाले दशवटै वडा बालविवाह विरुद्ध म वोल्छु सचेतना अभियानलाई प्रभावकारी बनाई कार्यान्वयमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानको भनाइ छ ।
बालविवाहको जिल्ला प्रहरी कार्याललयमा एकिन तथ्यांकसमेत छैन । बालविवाह विरुद्धका मुद्दानै आउँदैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७९/०८० मा जुम्लामा बालविवाह विरुद्धका मुद्दा परेका छैनन् । बालविवाह विरुद्धको साझा सञ्जालले सार्वजनिक गरेको तथ्यांकमा जनस्वास्थ्य सेवा कार्यालयमा आर्थिक बर्ष २०७९/०८० मा एक हजार ६२९ गर्भअवस्था जाँच गर्न आएका मध्य ३१२ जना २० बर्ष मुनिका किशाोरी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच