कालीकोट । पाँच पाकेट नुनका लागि दुई हजार खर्च गरेर जिल्ला सदरमुकाम मान्म जानुपर्ने बाध्यताबाट रास्कोटवासीले मुक्ति पाएका छन् । रास्कोट नगरपालिकाले नगरपालिकाको केन्द्र आरसिपी बजारमा नुनको डिपो स्थापना गरी नगरवासीलाई वितरण गरेपछि रास्कोटवासी नुन लिनकै लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
नागरिकता र मालपोतसम्बन्धी कामबाहेक अरू सबै कामहरू नगरपालिकामै हुन थालेपछि रास्कोटवासी प्रायः सदरमुकाम मान्म जान छाडिसकेका छन् । नुनकै लागि ६ घण्टाको यात्रा गरी तीन हजार रुपैयाँ खर्च गरेर सदरमुकामको डिपोमा पाँच पाकेट नुनमात्र लिन जानुपर्ने बाध्यताको अन्त्य भएको रास्कोट-१ का अमरसिंगे लुहारले बताउनुभयो ।
हातमा नुनका पाकेट उठाउँदै ‘यही रहेछ काठमाडौंको सिंहदरबार बल्ल महसुस भयो,’ अमरसिंगेले भन्नुभयो । नुनकै लागि एक महिनाको पैदल बाटो हिँडेर राजापुर कटासे गएको याद झलझली आँखामै छ । पैसा भएपछि सबै थोक गाउँमै पाइन थाल्यो । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपो नगरपालिकाले स्थापना गरेपछि अहिले यहाँका नागरिकले नुन पाउने गरेको नगरपालिका प्रमुख धर्मराज शाही (पोषण) ले बताउनुभयो ।
आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको शाहीले बताउनुभयो । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।’ अमरसिंगे मात्र हैनन् नगरपालिकाबाटै नुन लिन पाउँदा रास्कोट-१ कोल्ढुसकाका अनुरुद्ध सञ्ज्यालको पनि खुसीको सीमा छैन । यही नुनका लागि एक महिनाको पैदलबाटो हिँडेर ल्याउने चलन थियो । अहिले नगरपालिकामै नुन–चामल पाउन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको अनुभूति गरेका हुन् ।
साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभएको छ । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो । त्यहाँ गएर पनि एकजनाले पाँच किलोमात्रै नुन पाउँथे,’ उहाँले भन्नुभयो, ‘प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो समस्या हटेको छ ।’
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच