मन्त्रीको गाडी जलाएपछि रिङरोडको यातायात अस्तव्यस्त, सात जना प्रदर्शनकारी पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि रिङरोडको यातायात अस्तव्यस्त बनेको छ ।

कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका थिए।

उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेका थिए ।

बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । आगलागीमा मन्त्रीको ल्यापटपदेखि मन्त्रालयका महत्वपूर्ण कागज पनि जलेका छन् ।

मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको थियो।

रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए।

सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।

मन्त्रीको गाडी जलाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ३ जना घाइते भएकाले अस्पताल भर्ना गरिएको छ भने अरु ४ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?