
काठमाडौं । गणेश हिमाल सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । चाबहिल गणेशथान मैदानमा गणेश हिमालले श्रमशीललाई २-० गोलले पराजित गर्यो । गणेश हिमालका दिप्लव र रोशनले समान १-१ गोल गर्नुभयो ।
उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायक, प्रारम्भ र बृहस्पति विद्या सदन पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहनुभयो ।
विनायकले ज्ञानचक्षुलाई १-० गोलले हरायो । जेसाङ बम्जनले निर्णायक गोल गर्नुभयो । प्रारम्भले ऋत एकेडेमीलाई ३-२ गोलले पाखा लगायो । प्रारम्भका रुपेश खड्काले दुई तथा नितेश राउतले एक गोल गरे । ऋतका प्रतीकले दुई गोल फर्काउनुभयो । बृहस्पतिले मनकामनामाथि १-० को कठिन जित दर्ता गर्यो । विजयी टिमका लागि दिपन श्रेष्ठले एक गोल गर्नुभयो । लुम्बिनी पनि प्रि-क्वार्टरफाइनलमा पुग्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच