
काठमाडौं । सामसुङले सामसुङ ग्यालेक्सी २५ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ । फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन रहेको छ । फोनको अगाडि १३ एमपीको सेल्फी क्यामरा जडित छ भने पछाडि ओआइएस र भिडिआइएस (इआइएस) युक्त ५० एमपीको मुख्य क्यामेरा रहेको छ । साथै यसमा आठ एमपी अल्ट्रा वाइड क्यामेरा र दुई एमपी म्याक्रो क्यामेरा पनि रहेको छ ।
कम्पनीका अनुसार स्मार्टफोनमा एक्सिनोस १२८० प्रोसेसर जडित छ भने १२० हर्जको फोन रिफ्रेसदर पनि रहेकाले सञ्चालन प्रणाली निर्वाध चलिरहन्छ । सामसुङ ग्यालेक्सी ए २५ ५जीसँग सामसुङ नक्स भल्टको छ, जसले फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन ग्यालेक्सी ए २५ फाइभजीको पाँच हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्जसमेत गर्न सकिनेछ ।
ग्यालेक्सी ए २५ फाइभजीमा आठ जिबी र्याम र १२८-२५६ आन्तरिक स्टोरेज रहेको छ । माइक्रो एसडी कार्ड प्रयोग गरी थप एक टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । ८/१२८ जिबीको मूल्य ४० हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जिबीको ४४ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच