
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं इन्ष्टिच्युट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजिओ निर्माण भएको हो ।
एनजिओले कार्डियोलोजी, ओन्कोलोजी, न्युरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधा र विभिन्न अन्य विशेष विभाग, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
अस्पतालको उद्देश्य चिकित्सा सेवाका लागि न्यूनतम् शुल्क लिने, गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने रहेको छ । एक समारोहबीच बैंकले एक लाख ५१ हजार रुपैयाँ बराबरकोे चेक डा. भगवान् कोइरालालाई हस्तान्तरण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच