
सुर्खेत । कर्णाली प्रदेशमा गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड जारी गरिएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड २०८० जारी गरेको हो ।
शुक्रबार मन्त्रालयमा आयोजित डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयनसम्बन्धी मिडिया ब्रिफिङका क्रममा उक्त मापदण्ड सार्वजनिक गर्दै मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले मापदण्ड कर्णालीका व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गरे, नगरेको समेत अनुगमन गरिने बताउनुभयो ।
गाईभैँसी कल्याणसम्बन्धी मापदण्डमा कुनै पनि पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने, पीडा, चोटपटक र रोगव्याधीबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सिर्जना गर्नुपर्नेलगायतका व्यवस्था रहेका छन् । पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्नेहाज केयरले विगत आठ वर्षदेखि पशु कल्याण क्षेत्रमा आवाजविहीन पशुपन्छीको उपचार, उद्धार तथा पुनस्र्थापनाका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठका अनुसार संस्थाले पशु कल्याणको क्षेत्रमा दिगोपन सुनिश्चित गर्न नेपाल सरकार र सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै राज्यको नीतिगत क्षेत्रमा पशु कल्याणका विषयलाई समावेश गर्न लागिपरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच