युनियनले कोशी प्रदेशका १४ जिल्लाका पत्रकारलाई क्षमता विकास प्रशिक्षण दिँदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर/विराटनगर । पत्रकारको क्षमता विकासका लागि काेशी प्रदेशका १४ वटा जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गरिने भएको छ ।

नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा शनिबार विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसँग समन्वय गरी जिल्ला शाखाहरू मार्फत १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पत्रकारिता विधागतरुपमा अगाडी बढी रहेकाले सोही अनुसार पत्रकारहरूको पनि क्षमता विकास गर्नु जरुरी भएकाले प्रदेशका सबै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष नवोदितले बताउनुभयो । त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रेस युनियनको पक्षमा पार्नका लागि युनियनमा आबद्ध पत्रकारहरूको सदस्यता प्राप्तिका लागि महासंघ प्रदेश समितिबाट केन्द्रीय समितिमा सिफारिस भएका नामावली माग गरी युनियनमा आबद्ध पत्रकारको पक्षमा न्यायोचित कदम चाल्न जिल्ला समितिसँग समन्वय गरी प्रभावकारी कदम अगाडी बढाउने निर्णय समेत गरेको छ ।

सोही बैठकले आगामी नयाँ वर्ष २०८१ का अवसरमा भित्तेपात्रो प्रकाशनका लागि कोषाध्यक्ष कविराज घिमिरेको संयोजकत्वमा आशिष यादव र चुमन बस्नेत सदस्य रहेको प्रकाशन समिति समेत गठन गरिएको छ । युनियनमा आबद्ध जिल्ला तथा प्रदेश शाखाका गतिविधि समेटिएको स्मारिका २०८२ सालभित्र प्रकाशन गर्ने गरी अध्यक्ष नवोदितको संयोजकत्वमा ज्ञानेन्द्र निरौला, संजीव वाग्ले, सरला रेग्मी, सुजन ब्रजाचार्य र नरेन्द्र राई सदस्य रहेको समिति गठन भएको छ ।

पछिल्लो समय श्रमजीवि पत्रकारको श्रमशोषण तथा जागिरबाट निकाल्ने गतिविधि भईरहेको प्रति युनियनको बैठकले खेद व्यक्त समेत गरेको युनियनका सचिव बिनय बाह्रकोटीले जानकारी दिनु भयो । त्यस्तै तत्कालै जिल्लागत रुपमा पीडित पत्रकारहरूको विवरण संकलन गरी पुनबहाली तथा श्रम अनुसारको पारिश्रमिक प्राप्तिका लागि युनियनले खबरदारी गर्ने निर्णय गर्दे बैठकले गत मंसिर ८ गते बसेको सचिवालय बैठकले गरेका निर्णय पनि अनुमोदन गरेको छ । सचिवालय बैठकले सल्लाहकार र परामर्श समिति गठन गरेको थियो ।

बैठकले युनियन कोशी प्रदेश समितिका सल्लाहकार लीलाबल्लभ घिमिरे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकारमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्नुका साथै परामर्श समितिका सदस्य राजेन्द्र गौतमका पिता डिल्लीराम गौतमको निधनप्रति शोक व्यक्त गर्दै समवेदना समेत प्रकट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?