बयलवासमा ५१ जनाद्वारा रक्तदान

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज ५१ जनाले रक्तदान गरेका छन् ।

लालीगुराँस एकेडेमी आवासिय माध्यमिक विद्यालय ईश्वरपुर ६ बयलवासले आफ्नो ४० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, नेपाल आरोग्य संगठन शाखा ईश्वरपुर तथा रक्तसंचार केन्द्र जनकपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम गरिएको हो ।

विद्यालयका संस्थापक उज्वल शर्माको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक कृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?