काठमाडौं । लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक ददि सापकोटाले पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा वन्यजन्तुविद् सुवालले प्रकृति एवं जीवजनावरसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताउनुभयो । जीवजनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको विशेष महत्व रहेको उहाँको भनाइ थियो ।
वन्यजन्तुको समाजमा रमाउने, तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, आनीबानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने खुबी सापकोटाको रहेको लेखक अमर न्यौपानेको बताउनुभयो ।
चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले विस्तारै जीवजनावर आदिमा आकर्षित गरेको लेखक सापकोटाको भनाइ थियो । जीवजन्तुका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो, ‘जीवगाथा’ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच