तेल अभिव । उत्तरी गाजापट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ । इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास)का लडाकुले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँच, भेन्टिलेसन र ढल पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू रहेको उल्लेख गरेको छ ।
हालैका हप्ताहरूमा, १६२औं डिभिजनको कमाण्डमा १४औं रिजर्भ ब्रिगेड कम्ब्याट टिमले गाजापट्टीमा हमास आतंकवादी संगठनका नेता याहृया सिनवारको गोप्य बासस्थान (अपार्टमेन्ट) फेला पारी नष्ट गरेको छ । उक्त अपार्टमेन्ट उत्तरी गाजापट्टीको गाजा शहर नजिकै रहेको इजरायली रक्षा बलले जनाएको छ । रक्षा बलका अनुसार, ‘याहलोम युनिटका सैनिकहरूले थप प्राविधिक साधन प्रयोग गरेर अपार्टमेन्टको खोजी गरेका थिए । अपार्टमेन्टको भूमिगत संरचनाको सबैभन्दा तल हमासको रणनीतिक सुरुङ मार्ग रहेको थियो ।’
सैनिकहरूले सुरुङ मार्ग हुँदै भित्री महत्वपूर्ण सुरुङमा पुगेको र त्यसलाई हमासको सैन्य र राजनीतिक विभागका वरिष्ठ अधिकारीले प्रयोग गर्ने गरेको बताइएको छ । ‘यो अपार्टमेन्ट लामो र शाखारहित सुरुङ सञ्जालको हिस्सा हो । यसमा हमासका वरिष्ठ अधिकारी सरेर सञ्चालन गरेका थिए । उत्तरी गाजा पट्टीमा हमासले २१८ मिटर लामो र २० मिटर गहिरो सुरुङ बनाई आफ्ना रणनीतिक कामहरू गर्दै आएको छ’, इजरायली रक्षा बलले जनाएको छ, ‘सुरुङभित्र विद्युतीय सञ्जाल, भेन्टिलेसन र ढल निकास पूर्वाधार, प्रार्थना कक्ष र विश्राम कक्षहरू फेला पारेका थिए ।’ रासस-एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच