
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हालेपछि अर्थतन्त्रमा सुधार हुँदै गएको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको प्रवक्तासमेत रहनुभएका उहाँले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशाबारे प्रस्तुति दिँदै यस्तो दाबी गर्नुभएको हो । आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्था नरहेको, आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशतमा झरेको, स्रोत आँकलन नगरी ठूलो संख्यामा बहुवर्षीय ठेक्का लगाइएकाले आयोजनाको प्राथमिकीकरण कमजोर रहेको, कोरोनाकालमा ठूलोमात्रामा कर्जा विस्तार भएको, बैंक तथा वित्तीय प्रणालीबाट कर्जा प्रवाह २०७७ असारमा ३२ खर्ब १० अर्बबाट बढेर २०७९ असारसम्म ४६ खर्ब २१ अर्ब पुगेको, सो कर्जा घरजग्गा, सेयर, आयाततर्फ प्रयोग भएको अवस्था रहेकोमा अहिले समग्र आर्थिक सूचक सुधार आएको उहाँको जिकिर थियो ।
अर्थमन्त्री महतका अनुसार आयात उच्च हुँदा बाहृय क्षेत्र असन्तुलन भई भुक्तानी सन्तुलन दुर्ई खर्ब ५५ अर्बले घाटामा रहेको, बाहृय क्षेत्र सन्तुलन कायम गर्न लिइएको कसिलो मौद्रिक नीतिका कारण पछिल्लो समय ब्याजदर उच्च हुन पुगेको, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र नेपाली मुद्रा अवमूल्यनसमेतले आयात महँगो भई मुद्रास्फीति उच्च हुन पुगेको अवस्था रहेको थियो ।
आफूले सुधार कार्य अघि बढाएका कारण चालु आर्थिक वर्षमा एसियाली विकास बैंकको प्रक्षेपणअनुसार पनि आर्थिक वृद्धिदर ४.३ रहने अनुमान रहेको, सरकारको लक्ष्य छ प्रतिशत रहेकोमा पाँच प्रतिशतभन्दा माथि जाने संकेत देखिएको अर्थमन्त्री महतले जिकिर गर्नुभएको छ ।
त्यस्तै कतिपय वस्तुको आयातमा गरिएको बन्देजले भन्सार राजस्व प्रभावित भई राजस्वको वृद्धिदर ऋणात्मक हुन पुगेको र राजस्व संकलन अपेक्षित नहुँदा सार्वजनिक वित्त सन्तुलनमा चाप परेको, उच्च सार्वजनिक ऋण भारका कारण चालु आर्थिक वर्षमा सावाँ र ब्याज भुक्तानीका लागि क्रमशः दुई खर्ब २५ अर्ब र एक खर्ब पाँच अर्ब गरी तीन खर्ब ३० अर्ब विनियोजन गर्नुपरेको, अनिवार्य दायित्वतर्फको खर्च (पेन्सन, सामाजिक सुरक्षा र सार्वजनिक ऋण व्यवस्थापन खर्च) बढ्दै गएकाले विकास खर्चका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न समस्या रहेको, कोरोनाको समयमा अधिक लगानी भई बढेको सेयर कारोबारसमेत खुम्चिन पुगेको, लगानीयोग्य पुँजी अभावमा पर्याप्त कर्जा लगानी हुन नसकेको र ब्याजदरसमेत उच्च रहेको थियो ।
तर, आफूले सुधार कार्य अघि बढाएका कारण चालु आर्थिक वर्षमा एसियाली विकास बैंकको प्रक्षेपणअनुसार पनि आर्थिक वृद्धिदर ४.३ रहने अनुमान रहेको, सरकारको लक्ष्य छ प्रतिशत रहेकोमा पाँच प्रतिशतभन्दा माथि संकेत देखिएको, २०७९ फागुनसम्ममा राजस्व वृद्धिदर १४.९ प्रतिशतले नकारात्मक रहेकोमा २०८० मंसिर मसान्तमा ११.१८ प्रतिशतले वृद्धि भएको, पछिल्लो डेढ वर्षमा राजस्व परिचालनमा देखिएको शिथिलता घट्दै गई क्रमशः सुधारोन्मुख हुँदै जानुले आगामी महिनामा स्रोत व्यवस्थापनमाथिको दबाब कम हुँदै जाने र समग्र अर्थतन्त्रसमेत गतिशील हुँदै जाने अपेक्षा रहेको उहाँले जिकिर गर्नुभयो ।
अर्थमन्त्री महतले चालु आर्थिक वर्र्ष २०८०/०८१ को मंसिरसम्ममा राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले बढेर तीन खर्ब ६३ अर्ब ४३ करोड संकलन भएको, चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ पनि क्रमशः १.६, ६.१ र २१.२ प्रतिशतले वृद्धि हुनुका साथै समग्रमा सरकारको खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले बढेको बताउनुभयो ।
त्यस्तै, २०७९/०८० को मंसिरमा विदेशी विनिमय सञ्चिति वृद्धिदर ३.२ प्रतिशतले नकारात्मक रहेकोमा २०८० कात्तिकमा ३२.८ प्रतिशतले बढेको, २०७९ साल चैतमा आफू अर्थमन्त्रीका रूपमा नियुक्त भएर अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दा राजस्व परिचालन लक्ष्यभन्दा न्यून रहेको मात्र नभई राजस्व परिचालन घटेको अवस्थाले स्रोतमाथिको दबाब बढ्दै गएकोमा पछि सुधार हुँदै गएको उहाँले बताउनुभयो । मन्त्री महतका अनुसार गत आर्थिक वर्षको फागुनसम्म आठ महिनाको अवधिमा संघीय सरकारको राजस्व असुली १४.९ प्रतिशतले घटेको थियो भने अन्य प्राप्ति तथा राजस्वसहित संघीय आयसमेत ७.५ प्रतिशतले घटेको थियो । सो अवधिमा संघीय सरकारको खर्च १५.४ प्रतिशतले बढेको र संघीय आय १४.५ प्रतिशतले घटेको हुँदा संघीय सञ्चित कोषमा अधिक दबाब सिर्जना भएको थियो । त्यस बखत खर्च र आयबीचको अन्तर नै करिब छ एक खर्ब ६१ अर्ब रहेकाले सार्वजनिक ऋण परिचालनमा समेत दबाब सिर्जना भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० को फागुनसम्ममा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्बले बचतमा रहेको भए पनि चालु खाता भने ४४ अर्बले घाटामा थियो भने विप्रेषण आप्रवाह २५.३ प्रतिशत र विदेशी विनिमय सञ्चिति १९.७ प्रतिशतले बढेको थियो । समग्रमा सो अवधिमा बाहृय क्षेत्र सुधारतर्फ केन्द्रित भए पनि सार्वजनिक वित्तका परिसूचक भने कमजोर रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउने कार्य जटिल र चुनौतीपूर्ण रहेको थियो । तर, २०७९ फागुनपछि नौ महिना अवधिमा भने अधिकांश परिसूचक सुधारोन्मुख रहेका कारण अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको छ र आगामी दिनमा अर्थतन्त्र गतिशील हुँदै जाने स्पष्ट संकेत देखिएको उहाँले जिकिर गर्नुुभएको छ । मन्त्री महतका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विप्रेषण आयमा २६.४ प्रतिशतको उल्लेख्य वृद्धि रहेको छ भने शोधनान्तर स्थिति र चालु खाता दुवै क्रमशः एक खर्ब ४७ अर्ब र ९६ अर्बले बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति ३६.१ प्रतिशतले बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच