आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ ।

पौष १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताउनु भयो ।

उहाँले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरुले मेला अवलोकन गरेको बताउनु भयो । उहाँले मेला सोचेको भन्दा पनि राम्रो भएको बताउनु भयो । उहाँले मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताउनु भयो ।

उहाँले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिवद्धता जनाउनु भयो । लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको बताउनु भयो । उहाँले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताउनु भयो ।

उहाँले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताउनु भयो । आठौं घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?