प्रिमियर लिग : आर्सनलविरुद्ध फुलह्यामको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार राती सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २–१ ले हराएको हो ।

फुलह्यामको जितमा खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरे ।

यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए । सुरुवाती अग्रता अग्रता जोगाउन नसक्दा आर्सनलले हार बेहोरेको थियो ।

यो फुलह्यामको यस सिजनमा सातौं जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ ।

त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?