शिक्षाले राज्यमा दुई किसिमका नागरिक उत्पादन गरेको छ : नेतृ भुसाल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । प्रतिनिधि सभा सदस्य सरिता भुसालले अहिलेको शिक्षाले राज्यमा दुई किसिमको नागरिक उत्पादन गरिरहेको बताउनु भएको छ ।

नीजि विद्यालयले एक किसिमको र सामुदायिक विद्यालयले अर्को किसिमको शिक्षा प्रदान गरिरहेको नेतृ भुसालको भनाइ छ ।

विद्यार्थीको पहिलो विद्यालय घर रहेको बताउँदै उहाँले घरबाट नै संस्कारयुक्त शिक्षा दिनु पर्ने बताउनु भयो । राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विद्यार्थीहरुले नै फुड फेस्टिवल संचालन गरेकाले विद्यार्थीमा ब्यवहारीक शिक्षा देखिएको बताउँदै उहाँले आजको समयले मागेको नै ब्यवहारीक शिक्षा रहेको बताउनु भयो ।

स्वर्ण महोत्सवको दोस्रो दिन प्रतिनिधि सभा सदस्य कार्यक्रमको प्रमुख अतिथि भुसाल र स्वर्ण महोत्सव मूल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले पूर्व शिक्षक-शिक्षिका तथा कर्मचारीहरुलाई टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ । विद्यालय स्थापना कालदेखी अहिलेसम्म विद्यालयमा सेवा गर्नु भएको ९५ जना शिक्षक एव पुर्व कर्मचारीलाई सम्मान गरिएको विद्यालयका शिक्षक छविलाल आचार्यले जानकारी दिनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ८,९ र १० का गरि स्थानीय अभिभावकहरु पुरुष र महिला गरि १० वटा टिमहरु बीच रस्साकसी प्रतियोगिता सोमबार सम्पन्न भएको शिक्षक डोरबहादुर कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रममा कलाकारहरु पुर्खे बा, शिलु भट्टराई र शर्मिला अर्यालको प्रस्तुति रहेको थियो । कार्यक्रम स्वर्ण महोत्सव समारोह समिति सयोजक बिक्रम खनालको अध्यक्षता र प्रध्यानाध्यापक पुष्पराज अधिकारीले संचालन गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?