काठमाडौं । डिआर (दिनेशकुमार राई)को कथासंग्रह ‘खोक्पा’ विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त संग्रह विमोचन गरिएको हो ।
संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, ज्येष्ठ नागरिकले भोग्ने दुःख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका ११ वटा कथा समावेश छन् । कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो ।
कार्यक्रममा कथाकार राईले आफ्ना कथाहरूको तटस्थ रूपमा समालोचना गरिदिन समीक्षक र समालोचकसँग आग्रह गर्नुभएको थियो ।
गीति लेखनमा ख्याति कमाउनुभएका डिआरका यसअघि ‘नयाँ मोडहरूमा’ (गीतसंग्रह-२०६३), ‘कान्तिपुरदेखि सन्दकपुरसम्म’ (यात्रा संस्मरण-२०६६), ‘आत्मभाव’ (गीतसंग्रह-२०७२), ‘तिलस्मी’ (उपन्यास-२०७५), ‘सेन्टोसा’ (यात्रा संस्मरण-२०७७), ‘समयको डोब’ (अनुभव र अनुभूति-२०७७), ‘स्प्राउड अन द रक’ (तिलस्मीको अनुवाद-२०७८) लगायतका कृतिहरू प्रकाशित छन् । फोटोग्राफी पेशामा संलग्न उहाँका सयौं गीत रेकर्ड भएका छन् । समीक्षा र समालोचनामा पनि उहाँले कलम चलाउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच