नवलपरासी । बर्दघाट-९ मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा ४७ लाख ४६ हजार तीन सय ६८ रुपैयाँमा आर्थिक संकलन भएको छ । स्वर्ण महोत्सव मूल आयोजक समितिका सदस्य एवं आर्थिक उपसमितिका सयोजक बालिन्द्रविक्रम शाहीका अनुसार स्वर्ण महोत्सवमा ४८ जना पूर्वहरूले स्तम्भ निर्माणमा उक्त सहयोग गरेका हुन् ।
सयोजक शाहीले पूर्वविद्यार्थीबाट १५ लाख ८६ हजार ६८ रुपैयाँ, स्थानीय अभिभावकबाट एक लाख ९४ हजार एक सय पाँच रुपैयाँ संकलन भएको जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाबाट १० लाख, बर्दघाट नगरपालिका–८ वडाबाट एक लाख, ९ बाट दुई लाख ५० हजार, १० बाट दुई लाख र ११ बाट एक लाख संकलन भएको छ ।
त्यस्तै ससारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहबाट एक लाख एक हजार एक सय ११, पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट ५१ हजार पाँच सय गरी स्थानीय संघ सस्थाबाट चार लाख ३१ हजार सात सय १४ रुपैयाँ रकम संकलन भएको छ ।
२०६४ सालमा विद्यालयले गरेको महायज्ञमा करिब १९ लाख उठ्न बाँकिरहेको रकममध्य चार लाख २८ हजार उठेको छ । स्वर्ण महोत्सवमा विद्यालयमा कार्यरत शिक्षकहरूले कम्तीमा १० दिनको सेवा सुविधाबापतको रकम सहयोग गर्ने निर्णय गरेको विद्यालयका शिक्षक प्रतिनिधि शुक्रराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चार लाख २९ हजार दुई सय ४३ रुपैयाँ संकलन भएको छ । स्वर्ण महोत्सवको शिक्षक, विद्यार्थी, अभिभावकको उल्लेखनीय उपस्थितिले कार्यक्रममा ऊर्जा थपेको स्वर्ण महोत्सव मूल आयोजक समिति सयोजक विक्रम खनालले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच