
काठमाडौं । वरिष्ठ इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रिस्तरीय निर्णयबाट उहाँलाई सोमबार नियुक्ति गरिएको हो ।
प्राधिकरणले सोमबारकै सञ्चालक समितिको बैठकमा उहाँलाई सहभागी गराएको छ । प्राधिकरणमा २९ वर्ष आठ महिना २५ दिन काम गरेर अवकाश लिनुभएका वरिष्ठ इञ्जिनयर ऐरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । झण्डै पौने ३० वर्षको आफ्नो व्यावसायिक जीवनमा इञ्जिनियर ऐरले विद्युत प्राधिकरणका जलविद्युत उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्रमा काम गर्नुभएको थियो ।
उहाँले सुदूरपश्चिमको गौरवका रूपमा हेरिने चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सो आयोजनाको सर्वेक्षण, डिजाइन, टेण्डर कागजात तयारी, पहुँच सडकको निर्माण सुपरीवेक्षण, आरसीसी र स्टील पुल निर्माण र सुपरीवेक्षण तथा बाँध, पावर हाउस र प्रशारण लाइनको निर्माणमा उहाँ सम्पूर्ण रूपले सक्रिय रहनुभएको थियो ।
त्यस्तै खिम्ती, भक्तपुर, बालाजु १३२ केभी प्रशारण लाइन निर्माणमा प्रशारण लाइन मार्गको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी, सरोकारवाला निकायसँग समन्वय गरेर आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गर्नुभएको थियो । साथै सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएका उद्योगहरूलाई सो बापतको प्रिमियर शुल्कको बक्यौता भुक्तानी अधिकतम् ६० किस्तामा गर्न सकिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री दाहालले ऊर्जामन्त्री बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगीहरूलाई लाइन नकाटीकन सहज ढंगले बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएपछि त्यसलाई ध्यानमा राखेर प्राधिकरणले ६० किस्तामा बुझाउन सकिने सहुलियत दिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच