दुबई । अफगानिस्तानले अन्तिम तथा तेस्रो टी-२० आई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । तीन खेलको सिरिज अफगानिस्तानले २-१ ले जितेको हो । जितको लागि १२७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा ओपनर हज्रतुल्लाह जजाईले ३२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६, रहमानउल्लाह गुरबाजले २०, इब्राहिम जद्रान २३, आजमतुल्लाह ओमरजाई १६ रन जोड्नुभयो ।
युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक दुई विकेट लिनुभयो । आयन खान, ध्रुव पराशर, अली नासिर र मोहम्मद जवादुल्लाहले १-१ विकेट लिनुभयो ।
त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । युएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले २५ बलमा ४ चौकासहित २७ रन बनाउनुभयो ।
अली नासिर २१, बासिल हामिद १२, आयन खान र अकिफ राजाले १०-१० रन बनाउनुभयो । मोहम्मद जवादुल्लाहले १३ रन जोड्नुभयो । अफगानिस्तानका युवा तीव्र गतिका बलर नविन उल हकले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिनुभयो । क्विस अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिनुभयो । आजमतुल्लाह ओमरजाईले २ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच